सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
गुल्मी : गुल्मीको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला चलिरहेको छ। कृष्ण औंसीको दिन आज रेसुंगा पोखरीमा स्नान गर्ने श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। पोखरीमा स्नान गरेपछि जीवनमा गरेका पाप नष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। रेसुंगामा एकादशी र औँसीको दिन विशेष पूजा आराधना गर्न गुल्मी लगायत आसपासका क्षेत्रबाट श्रद्धालु आउने गर्छन्।
अनिल खत्री: २० साउन, गुल्मी । गुल्मी जिल्लाको रिडी रुद्राबेनी वामीटक्सार सडकका ४ ठाउँमा पक्की पुल बन्ने भएका छन् । उक्त सडकखण्डमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्दै आएका थिए । सडक सञ्चालन भएको वर्षौं बित्दासमेत पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाएको समेत उदाहरण छन् । पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुःख भोग्नुपर्ने अवस्था छ । वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सवारी साधनहरु वर्षातको समयमा खोला बढ्दा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट–३ का वसन्त अधिकारीले बताए । खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुःख झेल्नु परेको…
गुल्मी: आफ्नो जन्मदिनको अवसरमा गुल्मी जिल्ला सफल व्यवसायी कृष्ण खनालले बिश्वकर्मा मन्दिरमा निशुल्क सिसि क्यामेरा जडान गरेका छन । रेसुङा नगरपालिका-०४, मा अवस्थित रागेढुङा बिश्वकर्मा मन्दिरमा २ वटा क्यामेरा जडान गरेर सामाजिक काम गरेको स्थानिय युवा समाजसेवी राजु पछाईले बताए । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा बिगत १२ वर्ष देखि हाई स्पिड कम्प्युटर सन्चालन गर्दै आएका कृष्ण खनालले गुल्मी तथा अर्घाखाँची, पाल्पा, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, बाग्लुङ लगाएत जिल्लालाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएको पाईन्छ । स्तरीय र ब्रान्डेड कम्प्युटर, ल्यापटप लगाएत ईलेक्ट्रोनिक्स सामाग्रीको बेच बिखन गर्ने पसलका रुपमा चिनिने हाई स्पिड कम्युटरका संचालक कृष्ण विभिन्न सामाजिक क्षेत्रमा समेत आवद्द रहेका…
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका सचिव प्रदिप पण्डितले आफ्नो संगठनका महासचिवको नेतृत्वमा आफूसहित २३ सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्न लागेको भनि गरिएको प्रचारबारे असन्तुष्टि जनाउनुभएको छ । टानको उपाध्यक्ष समेत रहुन भएका पण्डितले एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटि अन्तर्गत पर्यटन व्यवसाय विशेष ईलाका कमिटिको विशेष भेलाले महासचिव बद्री प्रसाद तिमल्सिनाको नेतृत्वमा २३ जनालाई एमाले प्रवेश गराउने निर्णय गरेको र उक्त लिष्टमा आफ्नो नाम राखिए पनि आफूले संगठन छाड्न लागेको कुरा निराधार भएको बताउनुभयो । संगठनमा सामान्य बिवाद भएपनि त्यसैको आधारमा संगठन छाड्ने निर्णयमा आफू पुगि नसकेको उहाँले बताउनुभयो…
गुल्मी: सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।पानी पर्नासाथ सडक भासिन थालेपछि आज बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो ।जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा हुँदै आएको छ । सो क्षेत्रमा झन्डै ५० मिटर लम्बाईमा र बाटो मुनी दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । कमजोर भूगोल भएका…
गुल्मी, मुसिकोट: मुसिकोट नगरपालिका ३ मा वेवारिसे अवस्थामा भेटिएको ४० लिटर भन्दा बढी अवैध मदिरा नष्ट गरिएको छ । अस्थायी प्रहरी चौकी मुसिकोट-३, गुल्मीको गस्ती टोलीले गस्तिको क्रममा बाटोको छेउमा २० लिटरका २ वटा प्लास्टिक जर्किनमा शंकास्पद पदार्थ देखेको र चेकजाचको क्रममा मदिरा रहेको पत्ता लागेको प्रहरीले बताएको छ । गस्तिका क्रममा बेवारिसे रुपमा मदिरा भेटिएकोले उक्त मदिरा नियन्त्रणमा लिई जनप्रतिनिधि, संघ सस्था प्रमुख, स्थानिय समाजसेवी, पत्रकारहरुको रोहवरमा नष्ट गरिएको अस्थायी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ ह. असोक कुमार धमालले जानकारी दिए । नेपाल सरकारले औपचारिक ईजाजत पत्र नलिई स्थानिय स्तरमा उत्पादन गरि प्रयोग गरिने मदिरालाई अवैध मदिराका रुपमा लिने गर्दछ…
गुल्मी: गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की छन् । कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो । मुसिकोट नगरपालिका-१ अरेवा घर भई हाल वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।
गुल्मी । अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ । मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए । नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् । परोपकार लघु जलविद्युत…
गुल्मी । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा लुम्बिनी प्रदेश र जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले आज शुक्रबार दाङ—देउखुरीको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश टप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान-पत्र, नगद पाँच हजार र खाँदा लगाएर सम्मान गरेको हो । जसमा नेशनल प्याब्सनको तर्फबाट प्रदेश उत्कृष्टमा अर्घाखाँचीका दिक्षान्त चुँदाली रहेका छन् । चुँदालीले ३.९६ जिपी अंक ल्याएर प्रदेश उत्कृष्ट भएका हुन् । यस्तै लुम्बिनी प्रदेशको पाल्पा, प्यूठान, रोल्पा र पूर्व रुकुम बाहेक ८ वटा जिल्लाबाट प्रदेश उत्कृष्ट सहित १८ जना सम्मानित…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com