सूर्य सुनार / साउन ०२,गुल्मी -जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन् । सोमबार जिल्ला खेलकुद विकास समितिका कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले एक कार्यक्रमका बिच पदग्रहण गरेका हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गिरी प्रसाद महाकिम, उपाध्यक्ष नारायण जि.सी., कोषाध्यक्ष सुरेश श्रेष्ठ, अमर पल्ली, सागर सोमै, कर्ण थापा, कमला भलामी, सन्तोष शाक्य, सिता श्रीस सदस्यमा रहनुभएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भरत थापा, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनोज काउछा, कोषाध्यक्ष महेश काउछा र सदस्य टेक बहादुर काउछाको विशेष उपस्थितमा पदभार ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न…
Read More