सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
चितवन। नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ…
सन्तोष महत्रा, गुल्मी: गुल्मीमा मुसा मार्ने विष खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचाैरकी सपना सुनारकी चार वर्षीया छाेरी प्रिन्सा सुनारको मृत्यु भएको र बसन्धुरा सुनारकी पाँच वर्षीया छाेरी दिब्सिका सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । उनका अनुसार, आमा सपना र बसन्धुराले काेदाे राेप्न बारीमा जाँदा छाेरीहरुसँगै लिएर गएका थिए । फाेहाेरसँगै बारीमा फालिएको मुसा मार्न प्रयोग हुने राटाेल नामको मलम प्रकृतिको विस माटोमा भेटिएपछि प्रिन्सा र दिब्सिकाले खाएका थिए ।…
मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिकाको आ.व. २०८०/०८१ मा भए गरेका कामहरुलाई सार्वजनिक गर्ने उदेश्यले यहि असार ३१ गते सार्वजनिक सुनुवाई हुने भएको छ । आ.व. २०८०/०८१ मा नगरपालिकाबाट भएका कामको प्रस्तुत र नगरबासीबाट नयाँ आ.व. का लागि सुझाव तथा गुनासा संकलन गर्ने गरि कार्यक्रमको आयोजना गरिएको मुसिकोट नगरपालिकाका प्रमुख जिवराज खरेल (जीवन) ले बताउनु भयो । आ. व. २०८०/०८१ मा भएका समग्र कामको सार्वजनिक सुनुवाई गरि जनताबाट आएका राय सुझावलाई लिई नयाँ आर्थिक वर्षमा समावेश गर्ने गरि कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनु भयो । यहि असार ३१ गते ठिक १२:३० बजेबाट मुसिकोट नगरपालिका ७ मा अवस्थित…
मुसिकोट । गौदी खोलाले मानिस बगाएको छ । प्रत्यक्षदर्शी हेमराज गैरेका अनुसार गलकोट नगरपालिकावडा नम्वर २ नरेठांटीको झुलुङ्गे पुलमुनी मानिस बगिरहेको देखिएको थियो । गलकोट नगरपालिका वडा नम्वर १ को दुदिलाभाटीबाट मानिसलाई बगाएको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । केही समय पुल मुनि देखिएको र त्यसपछि तल तिर बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले गलकोट नगरपालिका ८ को पचुवादेखि तल दरमखोलामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नरेठांटीबाट बगाएको देखेपछि पछि पचुवामा देखिएको स्थानियको भनाई अनुसार खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । कसलाई बगाएको हो यकिन भएको छैन । अहिले खोजी तथा उद्धारकालागि प्रहरी, स्थानिय…
गुल्मी – सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक शनिबार बिहानैदेखि अबरूद्ध बनेकाे छ । सडकमा पहिराे खसेपछि दुबै सडकखण्ड अबरूझ बनेकाे प्रहरीले जनाएकाे छ । सिद्धार्थ राजमार्गकाे ठाउँ–ठाउँमा पहिरो, खसेकाे छ । सिद्धार्थ राजमार्गको पाल्पा बटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडकखण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सडकमा खसेकाे पहिराे हटाउने काम भइरहेकाे उहाँले जानकारी दिनुभयाे । डक अबरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बीच बाटोमै रोखिएको छ । यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट…
काठमाडौ : दुई ठूला जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले हालै मात्र आर्थिक वर्ष २०७९।८० को बीमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनश दर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बोनश दर तालिका अनुसार नेपाल लाइफका बीमितले प्राप्त गर्ने न्यूनत्तम बोनश दरको तुलनामा नेशनल लाइफको न्यूनत्तम बोनश दर रकम २६ प्रतिशतले बढी छ । घोषित बोनश दर अनुसार नेपाल लाइफले आ. व. २०७९।८० मा बीमितलाई न्यूनत्तम ५० रूपैयाँ दिने भएको छ भने नेशनल लाइफका बीमितले कम्तीमा ६३ रूपैयाँ बोनश पाउने भएका छन् । दुबै कम्पनीद्वारा प्रकाशित बोनश दर तालिकाको आधारमा तुलना गर्दा नेशनल लाइफले दिई रहेको न्यूनत्तम बोनश दर…
गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएकी र खोजीको क्रममा लास भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् । गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान…
विष्णुप्रसाद आचार्य चकित, गुल्मी बिहिबार प्रकाशित एसइइ नतिजामा मुसिकोट नगरपालिकाभित्र महेन्द्र आदर्श नमुना मावि मुसिकोट ७ वामीटक्सारकी अनुष्का कक्षपती उत्कृष्ट भएकी छन । महेन्द्र आदर्श नमुना माविकी अनुष्का कक्षपतिले ३.७७ जिपिए ल्याएर उत्कृष्ट भएकी हुन । विद्यालयमा मन्जित घिमिरेले ३.७६, कृतिका सापकोटाले ३.६५, प्रितिका बुढा र खुसी श्रेष्ठले ३.६१ गरी ५ जनाले ए प्लस ग्रेड प्राप्त गरेका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो । परीक्षामा १०३ जना सहभागी भएकामध्ये ३८ जना उत्तिर्ण भएका छन भने ११ जनाले ए ग्रेड प्राप्त गरेका छन । नगरपालिकाभित्र पृथ्वी मावि मुसिकोट ३ वडागाउ मैदानले ३ दशमलव ६४ जिपिए ल्याएर दोश्रो भएको छ भने युनिक चिल्ड्रेन…
अनिल खत्री, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् । छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गास्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटना हुँदा मालिका गाउँपालिका– २ का ६ वर्षका शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए । दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ बस्तुका २६ वर्षका दीपक गोतामे र रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासका १९ वर्षका राजकुमार बिक घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
गुल्मी: २०८० सालको एसइईको नजिजा प्रकाशन भएको छ । नजिजामा १८६ जना विद्यार्थीको ४.० जिपीए लिएका छ्न त्यस्तै ४७.८६ प्रतिशत विद्यार्थी ‘पास’ भएका छन भने ५२.१४ प्रतिशत ‘फेल’ भएको राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा उल्लेख गरिएको छ । २२१ जनाको रद्द भएको छ भने २,४२,०९२ को एनजी ४६४७८५ विद्यार्थी सहभागी रहेका थिए । १ लाख १५ हजार ८३४ जनाले १ वा २ विषयमा NG ल्याएका छन् । जसले Grade Promotion Exam मा भाग लिन पाउनेछन् ।३१ हजार २०९ जनाले SEE मा 3.6 देखि 4.0 GPA ल्याएका छन् ।ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com