सन्तोष महतारा/गुल्मी, ११ असार – गुल्मीमा मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा मानवअधिकार वर्षपुस्तक २०२३ काे अर्ध-वार्षिक पुर्व समिक्षा गरिएको हो । कार्यक्रममा इन्सेक प्रतिनिधि टाेपलाल अर्यालले मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा २०२३ काे प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा अर्यालले इन्सेकले हालसम्म गरेका कार्यहरूकाे विवरण प्रस्तुत गर्दै इन्सेकले काम गरिरहेको क्षेत्रकाे बारेमा जानकारी गराएका थिए । इन्सेक गुल्मीमा प्रतिनिधि टाेपलाल अर्यालले बलात्कार, बलात्कार तथा यौन दुव्र्यवहार, हत्या, हिंसा र बालश्रम शाेषण लगायतका घटनाहरु गुल्मीमा दिनानुदिन बढिरहेको बताए । आर्थिक सामाजिक तथा साँस्कृतिक, शिक्षा, स्वास्थ्य, कृषि र खाद्यकाे…
Read More