गुल्मी, १९ जेठ- गुल्मीको इस्मा गाउँपालिकाले कार्यपालिका बैठक मार्फत गठन गरेका विषयगत समिति तथा विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठक मार्फत गठन गरेका विषयगत समिति तथा महत्वपूर्ण निर्णयहरु बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।गाउँपालिकाले गत बैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने इस्माबासी नागरिक, राजनीतिक दलहरु, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी र सबै सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । प्रवक्तामा उपाध्यक्ष कुँवर इस्मा गाउँपालिकामा प्रवक्ताको जिम्मेवारी गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरलाई प्रदान गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए । गाउँकार्यपालिकाको पहिलो…
Read More