सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
बगरमा एउटा कालोकालो छिर्केमिर्के ढुङ्गा थियो । अरु भन्दा अलि फरक । पानीले छाट्दाछाट्दा त्यसको आकार लाम्चो यसो हेर्दा कुनै अमुक आकृती जस्तो देखिन्थ्यो । एउटा बटुवा बगरै बगर हिडिरहेको थियो । उसको नजर त्यो ढुङ्गामा पर्यो । ढुङ्गा अनौठो आकृतिको भएकोले उसलाइ त्यो ढुङ्गाको बनौट मन परेछ, अनि सिङ्गो लिएर हिड्यो । केहि समय बगरको बाटो हिडेपछी लेकतिर बाटो लाग्यो । घाम चर्कदै थियो उ उकालोतिर लम्कदै थियो । जति उकालो चढ्थ्यो त्यति थकाइ महसुस हुन थाल्यो । बटुवालाई आफ्नो शरीर समेत गरुङ्गो लाग्न थाल्यो । डाँडाको गलिछेडोमा पुग्दै थियो थकाइले लकतरान भयो । लखतरान बटुवाले एकछिन थकाइ मार्ने…
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका लागि हालसम्मकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । यो नेशनल लाइफको मात्रै नभइ जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक हो । फ्युचर बोनस प्रोभिजनिङको बाबजुद पनि नेशनल लाइफले बोनसदरलाई स्थितर राख्न सफल भएको छ । कम्पनीले बीमा प्राधिकरणको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनशदर धेरै नै तल झर्ने गरेको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७८ /७९ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत…
बसन्त अधिकारी: गुल्मीको मुसिकोट नगरपालिकाले ‘कफी लगाऔं आम्दानी बढाऔं’ कार्यक्रम अगाडि सारेको छ । नगर प्रमुख जीवन खरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन ‘कफी लगाऔं आम्दानी बढाऔं’लाई गौरवको कार्यक्रमको रूपमा ल्याएको हो । वडा नं ५ आपचौरमा धेरै किसान कफी खेतीमा लागेका छन् । गुल्मी जिल्लाभर १७८ हेक्टर जमिनमा कफी खेती गरिंदै आएको छ । नगरपालिकाले ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ कार्यक्रममार्फत रोजगारी नीति लिने लिएको छ । पर्यटकीयस्थल मालिका मन्दिर, सालिमे दह, शहीद पार्क र मुसिकोट दरबारमा सरसफाइ तथा बजारको फोहोर व्यवस्थापन गर्न एक/एक जनालाई रोजगारी दिने नीति तथा कार्यक्रममा…
सरिता पौडेल, मुसिकोट: मुसिकोट युवा क्लबले संचालन गरेको मासिक नियमित हाट बजारमा जेष्ठ ३२ गते बिरुवा वितरण तथा अन्य विविध कार्यक्रम सम्पन्न गरिएको छ । मुसिकोट युवा क्लब सामाजिक काममा निरन्तर अग्रसर भैरहेको क्लब हो, स्थापनाको छोटो समयमै मुसिकोटका सबै वडामा आफ्नो समन्वय समिती निर्माण गर्दै सामाजिक कार्यलाई सहज बनाएको छ । हरेक महिनाको अन्तिम शुक्रवार मुसिकोट ४ को हलोगाडे बजारमा कृषकहरुको कृषिजन्य उत्पादनको बजारिकरण गर्ने र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले हाट बजार संचालन गरिएको मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताए । हरेक महिना हाटबजारको साथै फरक फरक कार्यक्रम गर्दै आईरहेको र यो महिना बिरुवा रोप्ने समय भएकोले…
बुटवल/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षण कालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वताउनु भयो।अस्पतालमा टिकटकै लागि…
मनोज कार्की, गुल्मी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन मंगलबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा चलिरहेको छ। तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित एमाले बाह्रौं जिल्ला अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो। बुधबारदेखि नेतृत्व चयनमा सहमतिको लागि छलफल चलिरहेपनि आकांक्षीले दाबी नछोडेपछि सहमतिको सम्भावना कम हुँदै गएको हो। एमालेले गुल्मीको मतदानबाटै नयाँ नेतृत्व चयन गर्ने सम्भावना देखिएको हो। जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि एमाले गुल्मीले बुधबार मतदाता नामावली प्रकाशन गरेर सार्वजानिक गरिसकेका छन् भने उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्। निर्वाचन समितिले बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म निर्वाचन कार्यतालिका समेत सार्वजनिक…
गुल्मी: नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा रहेकाे जानकारी दिए। उनका अनुसार यहाँका वन क्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ। नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको वासस्थान बनेको उनले बताए। यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ। पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने…
सरिता पौडेल, मुसिकोट: मुसिकोट युवा क्लबले संचालन गरेको मासिक नियमित हाट बजारमा जेष्ठ ३२ गते बिरुवा वितरण तथा अन्य विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । मुसिकोट युवा क्लब सामाजिक काममा निरन्तर अग्रसर भैरहेको क्लब हो, स्थापनाको छोटो समयमै मुसिकोटका सबै वडामा आफ्नो समन्वय समिती निर्माण गर्दै सामाजिक कार्यलाई सहज बनाएको छ । हरेक महिनाको अन्तिम शुक्रवार मुसिकोट ४ को हलोगाडे बजारमा कृषकहरुको कृषिजन्य उत्पादनको बजारिकरण गर्ने र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले हाट बजार संचालन गरिएको मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताए । हरेक महिना हाटबजारको साथै फरक फरक कार्यक्रम गर्दै आईरहेको र यो महिना कृषकहरुलाई बिरुवा वितरण…
बसन्त अधिकारी, गुल्मी: मुसिकोट ८ को आयोजनामा एक दिने लैङिगक समानता, जातिय विभेद तथा आत्महत्या निरुत्साहन समन्धि प्रशिक्षण मुसिकोटमा सम्पन्न भएको छ । प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा , जिल्ला समिति अध्यक्ष जगदीश अर्याल, जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पि. राजन भुजेलले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिनुभएको वडा अध्यक्ष रमेश बिश्वकर्माले बताउनु भयो । कार्यक्रमको अवसरमा मुसिकोट ८ मा कार्यरत कटुवालहरुलाई सम्मानसहित हाते माईक हस्तान्तरण गरिएको कार्यपालिका सदस्य सम्झना खत्रीले बताउनु भयो । करिब १५० जना भन्दा बढि सहभागी रहेको प्रशिक्षणमा विद्यालयका प्रध्यानध्यापक, संघ संस्था प्रमुख, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, पत्रकार , वडाका सबै जनप्रतिनिधि र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको वडा…
सरिता पौडेल, मुसिकोट गुल्मी विश्व वातवरण दिवसको अवसरमा आज मुसिकोट युवा क्लब को सकृयता, Badagaun Gyankuja E. Boardig school को सहयोगमा र थुम लाली गुराँस संरक्षक समितीको सहकार्यमा लालीगुराँस पार्क मुसिकोट-३, थुम परिसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । गुल्मीकै धेरै लाली गुराँस पाईने ठाउँका रुपमा परिचित थुम लाली गुराँस पार्कमा लाली गुराँस फुलेको समयमा लाली गुराँस महोत्सव समेत गर्दै आईरहेको थुम लाली गुराँस संरक्षण समितिका कोषाध्यक्ष हिमाल कार्कीले बताउनु भयो । “हाम्रो भुमी, हाम्रो भविस्य” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस मनाउदै गर्दा मुसिकोटमा मुसिकोट युवा क्लबले यो उदारणिय काम गरेको हो । लाली गुराँस पार्कमा मुसिकोट युवा…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com