पाल्पा – पाल्पाको नौँ पालिकामा निर्वाचित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले सपथ लिनुभएको छ । पाल्पाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । जिल्लाको रम्भा गाउँपालिकामा मतगणनामा विवाद हुँदा त्यहाँको नतिजा आउन सकेको छैन । अन्य पालिकाका प्रमुख तथा अध्यक्षहरूले भने बिहीबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिनुभएको हो । सपथग्रहण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीको सहभागिता रहेको थियो । त्यस्तै सपथग्रहण समारोहमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष…
Read More