सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
माधब खरेल: गुल्मेली युवाले मुसिकोट १ का अग्निपिडितलाई आर्थिक सहयोग गरेका छन । मुसिकोट नगरपालिक वडा न १ तल्लापौदीका मगले जि सि र घाइते टेक बहादुर थापा लाई १५००० बराबरको खाद्यान्न बितरण गरिएको छ भने र रगनाम निवासी बुद्ध बहादुर थापा का घरपरिवारको लागि केही खाद्यान्न सामाग्री बितरण गरिएको थियो । यस्तै केही समय अगाडि रगनाममा लागेको आगलागी बाट घर जलेको चन्द बहादुर बि क लाई गुल्मिका विभिन्न ठाउँका ब्यतीको सहयोगबाट १५५६० रुपैयाँ हस्तान्तरण गरिएको इस्मा गाउपालिका युवा तथा समाजसेबी कृष्ण कुवरको जानकारी दिनु भएको छ । यस्तै राहत बितरण कार्यक्रमको अबसरमा मुसिकोट वडा न १ का …
गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी रुपियाँ बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाका स्थानीय तहले चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको हो ।
बसन्त अधिकारी, मुसिकोट गुल्मी: मुसिकोट नगरपालिकाले नगरलाई समृद्ध बनाउन नयाँ कार्यक्रम लिएको छ । कृषिप्रधान देश नेपालको कृषि जन्य पकेट क्षेत्रका रुपमा चिनिने मुसिकोट नगरपालिकाका कुनै पनि कृषिजन्य क्षेत्र बाझो नराख्ने उदेश्यले नागरीकको जग्गा नगरपालिकाले लिजमा लिई कृषि गर्ने भएको छ । २०८१ जेष्ठ २० गते प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीद्वारा हस्ताक्षरीत सुचनामा मुसिकोट भित्रका कृषियोग्य जमिन निशुल्क वा न्युनतम मुल्यमा लिजमा दिन ईच्छुक नागरीकले सुचना प्रकाशित मितिले ७ दिनभित्र कृषि शाखामा निवेदन दिनका लागि आग्रह गरिएको छ । “कृषियोग्य जमिन लिज” कार्यक्रम कार्यान्वयनार्थ २०८१ जेष्ठ १६ गते बसेको कार्यपालिका बैठकले नागरिकका जमिन लिजमा लिने निर्णय गरेको थियो । जेष्ठ…
गुल्मी । विश्व दुग्ध दिवसको अवसरमा गुल्मीमा जिल्ला कारागारका कैदीबन्दी र उपल्लो तम्घासमा फरक क्षमताका विद्यार्थीले पढ्ने विद्यार्थीलाई दूधका परिकार खुवाइएको छ । जिल्ला कारागार गुल्मीमा रहेका १०० भन्दा बढी कैदी बन्दी र उपल्लो तम्घास माध्यमिक विद्यालय रहेका ३० जना फरक क्षमता विद्यार्थीलाई दुग्ध जन्य परिकार खुवाइएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल डेरी एशोशिएसन, लुम्बिनी दुग्ध वितरण आयोजना बलेटक्सार दूध चिस्याउने केन्द्र र विभिन्न दूध सहकारी र किसानको आयोजनामा दूध दिवसको कार्यक्रम गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने…
गुल्मी, मुसिकोट: लुम्बिनी वामी हस्पिटल प्रा.लि. ( प्रवास शाखा) को आयोजनामा यहि जेष्ठ १९ गते शनिवार हाड जोर्नि तथा नशा समन्धी शिवर तथा डाक्टर परामर्श हुने भएको छ । सेवा गर्ने उद्देश्यले स्थापित लुम्बिनी वामी हस्पिटल पा.लि. नयाँ ब्यबस्थापनका साथ संचालन भै रहेको र हरेक शनिवार फरक फरक विशेषज्ञ डाक्टरद्वारा शिवर सन्चालन गर्दै आईरहेको हस्पिटलका व्यवस्थापक दिपेन्द्र ज्ञावलीले बताउनु भयो । डाड जोर्नी तथा नशा समन्धी शिविरमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. संजीव आचार्य वामीमा आउने व्यवस्थापक रोशन सेनले बताउनु भयो । शिविरमा हड्डी भाचिएको, ढाड तथा कम्मर दुख्ने, वाथरोग, युरिक एसिड,…
मनोज कार्की, गुल्मी – आजदेखि रिडी–तम्घास सडक पुनः एक महिनासम्म बन्द हुँने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केहि ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ…
गुल्मी – गुल्मीमा आई.पि.भी.११ हजार बालबालिकालाई आई.पि.भी.खोप लगाइने भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो भाईरस विरुद्दको उक्त खोप यहि जेठ २१ लगाईने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीका ३९२ खोप केन्द्रमा १० हजार ८ सय १० जना बालबालिकालाई आईपिभी खोप लगाईने भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले आई.पि.भी.खोप अभियानलाई प्रभावकारी बनाउने उदेश्यले गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गरेको छ । साढे ५ बर्षदेखि ८ बर्ष उमेर समूहका बालकालिकालाई उक्त खोप लगाईने छ । २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएर…
माधब खरेल, गुल्मी ईस्माका युवाद्वारा मुसिकोट १ का अग्निपिडितलाई आर्थिक सहयोग गरिएको छ । मुसिकोट नगरपालिक वडा न १ तल्लापौदीका मगले जि. सि. , घाइते टेक बहादुर थापा र रगनाम निवासी चन्द्र बहादुर बि.क. का घरपरिवारको लागि केही खाद्यान्न सामाग्री तथा रगनामकाका आगलागी पीडितहरुको सहयोगका लागि शुक्रबार गुल्मिका युवाको तर्फबाट केही खाद्यान्न सामाग्री र नगद १५ हजार रुपियाँ हस्तान्तरण गरिएको इस्मा गाउपालिका युवा तथा समाजसेबी कृष्ण कुवरको रोहवरमा आथिक सहयोग गरिएको बताइएको छ । मुसिकोट वडा न १ का अग्नि पीडित नागरिकसंग प्रत्यक्ष भेटघाटसंगै वर्तमान अवस्थाको बारेमा पनि जानकारी लिएको कुवरले बताए । पीडामा रहेका सम्पूर्ण दाजुभाइ…
१७ जेठ, गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न यो कार्यक्रम गरिएको वडाध्यक्ष चन्दले बताए ।कार्यक्रममा तीन नवजोडीका साथै १० जना छोरी-बुहारीलाई सम्मान गरिएको थियो । श्रीमान् वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरू घर छोडेर सहर बस्दा गाउँमा ज्येष्ठ सदस्यको हेरचाहमा समस्या हुन थालेपछि गाउँमै बस्न प्रेरित गर्न सम्मान गरिएको वडाध्यक्ष चन्दले…
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट र अफिसर्स पदहरूमा उपत्यका भित्र तथा बाहिरका लागि आवेदन माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र आवेदन दिनुपर्नेछ । कम्प्युटर सम्बन्धी ज्ञान भएको उच्च कार्यक्षमता भएकालाई प्राथमिकता दिइनेछ । कर्मचारीले पाउने सेवा तथा सुविधा कम्पनी नियमानुसार हुने सूचनामा उल्लेख गरिएको छ ।
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com