सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
कार्की छड्के न्युजका संचालक हुन् । उनी गुल्मी जिल्लाबाट छड्के न्युजका लागी समसामूहिक बिषयमा कलम चलाउने गर्दछन् ।
गुल्मी – गुल्मीको मुसिकाेट नगरपालिका वडा नं १ पौदीअमराइका वडाअध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतक वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा “परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा ।” यस्तो स्टाटस लेखेका छन् । शुक्रवार अपरान्ह घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केकाे पारिवारिक श्राेतले जनाएकाे छ । घिमिरे नेपाली…
गुल्मी ‒ गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोककी सावित्रा भण्डारी उमेरले अहिले ३४ बर्षकी भईन् । उनले विबाह गरेको झण्डै १५ बर्ष भयो । भण्डारीको घरमा छोराछोरी,श्रीमान सहित ४ जनाको सानो परिवार छ । विहे गरेको दिनदेखि नै भण्डारको दैनिकी गाग्रो पानी खोज्न र बोक्नमै ठिक्क थियो । यतिबेला उनको घरकै धारामा पानी आएपछि उनको दैनिकी मात्रै फेरिएको छैन् पानी बोक्ने समयको समेत बचत भएको छ । “पानी नभएका कारण जैसिथोकमा छोरीको विहे गर्दिन बा आमाले गाह्रो मान्थे तर मेरो विहे यहि गाउँमा भयो । विहेको दिनदेखि पानीकै अभावमा मेरा कैयौं बर्ष विते” भण्डारीले भनिन् । अहिले घरमै पानीआउँदा निकै सहज भएको…
गुल्मी – गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८० /०८१ को बजेट विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन , स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिइन् । गाउँ सभाको १३ औं अधिबेशनमा गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँरको अध्यक्षतामा आम्दानी तर्फ संघीय समानिकरणमा ९ करोड ३४ लाख, संघ राजस्व बाँडफाँडमा ८ करोड ४८ लाख ४७ हजार ९ सय प्रदेश समानिकरणमा ६२ लाख ९४ हजार, प्रदेश राजस्व बाँडफाँडमा ४१ लाख ९३ हजार ९ सय ११ रुपैयाँ आन्तरिक आम्दानीमा…
गुल्मी- आगामी बर्षको नीति तथा कार्यक्रममा गुल्मीको मालिका गाउँपालिकाले श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्मका नीति ल्याएको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देविराम अर्यालले विकास निर्माणका काममा स्थानीयलाई रोजगारी सिर्जना गर्न श्रम बैंकदेखि सरकारी सेवामा प्रवेश गर्न चाहानेहरुलाई लोकसेवा र शिक्षक सेवाका कक्षा संचालनका नीति ल्याएका हुन् । आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम मार्फत पालिकाभित्रको शिक्षाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन मालिका गाउँपालिकाले २०८० लाई ‘शैक्षिक सुधार’ र शैक्षिक सम्मेलन बर्षको रुपमा लिएको छ । सार्वाजानिक सेवा प्रवाहमा सहजता र पारदर्शिता बनाउन गाउँपालिकाका सबै वडामा…
गुल्मी -गुल्मीको मालिका गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमका लागि शुक्रबार सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमा गर्न मालिका गाउँपालिकाका सरोकारवाला निकायसँग छलफल गरि गाउँपालिकाले सुझाव संकलन गरेको हो । सुझाव संकलनको क्रममा सहभागीहरुले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई रचनात्मक सुझावहरु दिएका थिए । कृषि र पशु उपजको बजारीकरण ग्यारेण्टी, पकेट क्षेत्रको विस्तार, सह–लगानी वा साझेदारीमा कृषि र पशुपालनमा लगानी गर्ने जस्ता नीति बनाउनुपर्ने सहभागीहरुले सुझाव दिए । शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक प्रशिक्षण, पालिका भित्रै शिक्षकको सरुवा, शिक्षकको नियमन, अंग्रेजी बिषयलाई प्राथामिकता दिने र विद्यार्थीलाई घरमा व्यस्त गराउने गरि शिक्षकको भूमिकालाई व्यवस्थित गर्ने गरि वार्षिक नीति तथा…
गुल्मी – गुल्मीदरवार गाउँपालिकाले निर्वाचित जनप्रतिनिधिको १ बर्षको कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । “सबल, सक्षम उत्थानशिल स्थानीय सरकार : समृद्ध समुन्नत हाम्रो गुल्मीदरवार ” नारा बोकेर अगाडी बढेको गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन मार्फत १ बर्षमा जनप्रतिनिधिले गरेको सम्पुर्ण कार्य प्रगति जानकारी गराएको हो । १ बर्षको अबधिमा गाउँपालिकाले श्रीनगर कभर्डहल निर्माण, सडकको स्तराेन्नति र नयाँ सडक निर्माण, बिद्यालय भवन निर्माण, चारपाला दरवार पुन निर्माणको लागि प्रक्रिया अगाडि, स्वास्थ्य सेवा, वडामै पुगेर योजना सम्झौता, कृषि उद्यम , इबुलेटिन प्रकाशन, गुल्मी दरवार दर्पण, गाउँपालिकाको पहिचान बोकेको गीत र भिडियो निर्माण, वडा कार्यालय र सडकमा सिसि टिभी जडान, बालबालिका,…
गुल्मी – लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लामै पहिलो पटक मालिका गाउँपालिका -०६ अर्जैमा ‘एक घर–एक करेसाबारी’ सुभारम्भ गरिएको छ । बजारमा पाईने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ उक्त अभियान सुरु गरिएको हो । चालू आर्थिक वर्षमा संचालन हुने ‘एक घर–एक करेसाबारी’ अभियान शुभारम्भ गर्न कृषक र सरोकारवाला विच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बजारमा दैनिक भित्रने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन वृद्धि गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी उक्त कार्यक्रम थालिएको हो ।…
गुल्मी- लुम्बीनी प्रदेश गौतमवुद्धको जन्मथलो भएकाले मायादेवीको माटोबाट वुद्धको मूर्ति निर्माण गरेर अन्तरराष्ट्रिय बजारसम्म पुप्याउनु पर्ने लुम्बीनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भण्डारीले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले आयोजना गरेको सेरामिक ग्यालेज तथा माटाको भाडा बनाउने तीन महिने तालिमको उद्धघाटनको लागी विशेष अथितिका रुपमा पुगेका डा.भुसालले यस्तो बताएका हुन् । तालिम सुभारम्भ कार्यक्रममा वोल्दै विशेष अथिति डा. भुसालले सेरामिक बस्तु विकासकेन्द्र नेपालकै पहिलो सरकारी कार्यालय हो त्यसैले यसलाई लुम्बीनी प्रदेशकै गौरवको योजना बनाएर अगाडी बढ्नुपर्नेमा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने बताए । आफू र तत्कालिन उद्योग सचिव कृष्ण ज्ञवालीको पहलमा वि.सं २०७१ सालमा गुल्मीको…
गुल्मी – इश्मा गाउँपालिका अध्यक्ष भगतसिहं खड्काले कुमाल समुदायले नेपाली कला र संस्कृति झल्कने गरी निर्माण गरेका माटाका भाडा बजारीकरणको ग्यारेण्टी स्थानिय सरकारले लिने बताएका छन् । बुधबार लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले संचालन गरेको ३ महिने तालिमको उद्धघाटनको लागीप्रमुख अथितिका रुपमा पुगेका गाउँपालिका अध्यक्ष खड्काले यस्तो बताएका हुन् । संरक्षणको अभावमा कुमाल समुदायको पेशा संकटमा पर्न थालेको छ यसमा स्थानिय सरकारले चासो लिएका कार्यक्रममा बोल्दै प्रमुख अथिति खड्काले बताए । तालिमबाट सिकेको सिपको प्रयोग गरी तालिमबाट प्रशिक्षार्थीले केहि नयाँ सिक्ने र स्वरोजगार बन्नेमा गाउँपालिकाले पूर्ण विश्वास लिएको बताए । नेपालमा हिन्दु धर्म मान्ने…
गुल्मी – पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण संगै गाउँमै युवा उद्यमी निर्माणको लागि लुम्बीनी प्रदेशको आर्थिक सहयोगमा गुल्मीमा तीन महिने सिपमुलक तालिम संचालन गरेको छ । “औद्योगिक लागनी पूर्वाधार ,समृद्धको बलियो आधार” मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्र इश्मा गाउँपालिका ६ अंमरपुर बुल्मचौरमा सेरामिक ग्यालेज तथा माटाका भाडा बनाउने तीन महिने तालिम माघ ११ गतेदेखि आगमी वैशाख १० गते सम्म संचालन गरिएको छ । बजारमा पलाष्टिकबाट निर्माण भएका भाडाँ चलनचल्तीमा आएसंगै गाउँघरमा कुमाल समुदायले माटोबाट बनाएका…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com