पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताउनुभयो । जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत…
Read More