कार्तिक १६,गुल्मी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा प्रतिनिधिसभा गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिवद्धता पत्र सार्वाजनिक गरेका छन् । बुधबार उपमहासचिव ज्ञवालीले गुल्मीको सदरमुकाम तम्घासको निलगिरी पाटी प्यालेसमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पाँच बर्षमा गुल्मी क्षेत्र नम्बर–१ मा भए गरेका काम र आगामी वर्षमा गर्ने कामको प्रतिबद्धता पत्र समेत प्रस्तुत गरेका थिए । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार नेता ज्ञवालीले आफू निर्वाचित भएपछि कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क,उनायचौरमा विद्यृत सब स्टेशन, ५० शैयाको गुल्मी अस्पताल निर्माण,अक्सिजन प्लान्ट निर्माण, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार, खानेपानी लगायत थुप्रै…
Read More