मनोज कार्की/गुल्मी १२ कार्तिक -गुल्मीको मदाने गाउँपालिकामा एक हप्ते मदाने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा क्लवको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा प्याराग्लाइडिङ महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शुक्रबार प्याराग्लाइडिङ महोत्सवको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले एक कार्यक्रमका साथ उद्धघाटन गरेका छन् । प्याराग्लाइडिङ महोत्सवले गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानलाई निरन्तरता दिन सकेमा गाउँपालिकाले आर्थिक लाभ लिन सक्ने भएकाले महोत्सवलाई सफलताको शुभकामना प्रमुख अतिथि पराजुलीले दिए…
Read More