सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
१। एउटा राम्रो सुरुवातको मतलब यो होईन की त्यसको अन्त्य पनि राम्रै हुन् । २। राम्रो त हेर्ने नजर चाहिन्छ, खोट लगाउने हो भने त १ चन्द्रमामा पनि दाग भेटिन्छ । ३। सर्वदा सत्यमार्गमा हिडने व्यक्ति बाह्य र भित्री दुबै उन्नतिको द्वार खुल्दछ । ४। यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर,त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन । ५। तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाइको विचार हो । ६। मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । ७। खुशी भनेकोतिमीले भविष्यको लागि साँच्ने वायोजना बनाउने चिज होइन, यो त वर्तमानमा सिर्जना गर्ने चिज हो । ८। हामी प्रत्येक व्यक्ति…
भुवन काफ्ले ,न्युज छडके \मुसिकोट गुल्मी(गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ साबिकाको वामी गबिस वडा नम्बर ३ काफलटोलामा नियमित प्रयोग गर्दै आएको खाने पानी लाईन ४ दिन देखी काटिएको छ ।मुसिकोट नगरपालिकामा संचालन भइरहेको एक घर एक धारा खाने पानी योजना अन्तरगत करङखोला काफलटोला(तिम्लेचउर खानेपानी उपभोकता समितिले समेट्ने भेगमा पानी गत ४ दिनदेखि काटिएको त्यहाँका स्थानियहरुले बताएका छन । नयाँ योजना संचालन नहुँदै प्रयोगमा आई रहेको पानि काटिदा स्थानियलाई समस्या परेको हो ।संचालनको क्रममा रहेको करुङखोला काफलटोला( तिम्लेचउर खाने पानिको काम पुरा नै नगरि खानेपानी उपभोकता समितिका अध्यक्ष कृष्ण मुरारि सापकोटाले पुरोना पानि काट्न लगाएको स्थानिय बासिहरुले आरोप लगाएका…
वुटवल- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेयले दिए राजीनामकाठमाडौ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलवार राती राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन । मंगलबारनै जनता समाजबादी पार्टी संसदीय दलको बैठकले लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राजिनामा दिएको उनले बताएका छन । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीदल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र…
काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो । गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनर्स्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो । स्रोतका अनुसार सरकारले सरूवाको प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए । मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएकाले सचिव प्रमिलादेवी…
कोभिड –१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहनुभएको छ । उहाँलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उहाँको दिन बितिरहेको छ ।अभिभावक गोठमा…
छड्के न्युज गुल्मी \ गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए । सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिए । सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही कम देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताए । उनलाई सामान्य प्रकारको औषधी चलाइएको थियो । मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको…
छड्के न्युज \रमेश विश्वकर्मा जिल्ला प्रशासन कार्यालय गुल्मीले नयाँ कर्मचारीहरुलाई स्वागत गरेको छ । प्रशासन कार्यालयको कर्मचारीहरुको मासिक नियमित बैंठकमा प्रशासन कार्यालयको विभिन्न फाँटमा कार्यरत नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । विभिन्न कार्यालयहरुबाट सरुवा तथा पदस्थापन भई आएका कर्मचारीहरु प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसाल, नायव सुब्बा प्रेमराज खनाल, खरिदार रणबहादुर थापा, ढालेन्द्र पुन, कम्प्युटर अपरेटरद्वय सन्देश अधिकारी र तारा भण्डारीलाई स्वागत गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले कर्मचारीको मनोबल उच्च राख्नको लागि मासिक रुपमा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गर्दै आएको छ । असार महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका खरिदार रण बहादुर थापालाई…
छड्के न्युज ,बाग्लुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकको निर्णय अनुसार साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभएको छ ।बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको गौतमले…
छड्के न्युज \ कपिलवस्तु – कपिलवस्तु जिल्लाकी शुभावती थारु घर निर्माणका काममा व्यस्त हुनुहुन्छ । काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उहाँ दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्नुहुन्छ । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसक्नुभएको छ । पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । “शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,” थारु भन्नुहुन्छ, “पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८ सय ५० सम्म…
बुटवल–पाल्पा सडक खण्डको दोभान स्थित हेडबक्स नजिकबाट स्कार्पियो तिनाउ नदीमा खसेको छ। सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका ३ दोभान हेडबक्सनजिकबाट स्कार्पियो तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन्।पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको दोभान प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको बोलेरोलाई माथिबाट खसेको पहिरो सहितको ढुंगाले लाग्दा खोलामा खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा परि तिनाउ ३ झुम्साका ५४ बर्षिय बाबुराम पाण्डेय, २२ बर्षिय बिनोद पाण्डेय, १८ बर्षिय अमित बस्याल र ४२ बर्षिय गंगा दराइ घाइते छन्। उनीहरु मध्ये बाबुराम पाण्डेयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।स्रोत…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com