बैशाख १२, गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका २ मा २६ वर्षीय युवक वडाध्यक्षको उमेदवार बनेका छन् । वडामा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र केसीलाई साझा उमेदवार घोषणा गरिएको हो ।सो वडामा उनको नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र जसपाको प्यानल बनेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसले सम्पुर्ण पदका उम्मेदवारको टुगों लगाएको छ ।यस अगाडी वडाध्यक्षमा भुमा गुरुङ र वडासदस्यमा बोम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको थियो । शनिवार बसेको वडा समितिको बैठकले महिला सदस्यमा मनरुपा सापकोटा,दलित महिला सदस्यमा पार्वती परियार र खुल्ला सदस्यहरुमा तारा प्रसाद कंडेल (अर्जुन )लाई सर्वसम्मत उम्मेदवारको रुपमा…
Read More