गुल्मी, ०५ चैत : पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल, गुल्मीको अध्यक्षमा अमृतकुमार केसी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको चैत ४ गते अनलाईमार्फत भएको पाँचौ अधिवेशनबाट खड्का निर्विरोध निर्वाचित भएका हुन् । वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाउँपालिका –२ पिपलधाराका युवाहरुले उक्त संस्था संचालन गरेका हुन् । समितिको उपाध्यक्षमा लक्षमण जिसी, महासचिवमा मेहर सिंह बस्नेत, सचिवमा कमल बस्नेत, सह–सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा रामप्रसाद खनाल र सह–कोषाध्यक्षमा कृष्ण बस्नेत रहेका छन् । त्यस्तै संस्थाको संगठन विभाग प्रमुखमा युवराज खड्का, शिक्षा तथा स्वास्थ्य संयोजकमा हरी शर्मा, सुचना तथा संचार संयोजकमा शालिक राम विश्वकर्मा, सांस्कृतिक संयोजकमा प्रेम सागर विश्वकर्मा, खेलकुद संयोजकमा बाबुराम खड्कालाई जिम्मेवारी…
Read More