गुल्मी – गुल्मीमा पहिरोले घरमा क्षती पुर्याएको छ । गएराति देखि परेको अविरल वर्षाका कारण मंगलबार बिहान रेसुङ्गा नगरपालिका -१० सिमिचौर बाँस खर्क बस्ने ४५ वर्षीय धन बहादुर बि.क.को कच्ची घर पहिरोले पुरेको छ ।एक तले कच्चि घर माथि बाट पहिरो आई एउटा कोठा पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
पहिरोले घर जोखिममा परेको छ । कोठा भित्र रहेको एउटा खाट पुरिएको प्रहरीले जनाएको छ। बिकका७ जना परिवारका सदस्यहरू अहिले छिमेकिको घरमा आश्रय लिन बाध्य भएका छन् । निरन्तरको वर्षाले जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन रहेका सडकहरू पनि अवरुद्ध भएका छन् ।