कपिलवस्तु । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन् ।६६औं प्रहरी दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै मुख्यमन्त्री केसीले एसपी कार्कीको उत्कृष्ट कार्यको सम्मान गरेका हुन् ।