काठमाडौं: शहरी विकास मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाँक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाँक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।
उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।