पाल्पा – पाल्पाको तानसेनस्थित प्रभासमा रहेको लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालि सुटुक्क बिक्री भएको छ । विगत डेढ दशकअघिदेखि पाल्पामा संचालित मेडिकल कलेज सुटुक्क बिक्री भएको स्रोतले जनाएको छ । अधिकांश पाल्पाका स्थानीय व्यक्तिहरुको लगानी रहेको लुम्विनी मेडिकल कलेज कसलाई बिक्री गरिएको हो भन्ने बारेमा भने खुल्न सकेको छैन ।
मेडिकल कलेज बिक्री भईरहेको गाइगुई चलिरहेको छ । यद्यपी कलेजका व्यक्तिहरुले भने अहिले नै बिक्री भएको बारेमा बोल्न नमिल्ने बताएका छन् ।
मेडिकल कलेज सुटुक्क बिक्री भएको विषयमा तानसेन ७ का वडा अध्यक्ष मुक्तिराम जिसीले असन्तुष्टी पोख्नुभएको छ । अध्यक्ष जिसीले आफ्नो फेसबुक पेजमा कजेजका मानिसहरुले अभिनय गरेर झुक्याइरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफूले कलेजका मानिसहरुलाई सजिलै उम्कन नदिने र हिसाब किताबको खोजी गर्ने बताउनुभएको छ । स्रोतका अनुसार साढे छ अर्ब बढी मुल्यमा कलेज बिक्री भएको हो । यद्यपी यस विषयमा कलेजका संचालक बोल्न चाहेका छैनन् । कलेजमा हाल एमबिबिएस, बिएस्सी नसिङ्, स्टाफ नर्स लगायतका विषयमा अध्यापन हुँदै आएको छ भने विशेषज्ञ सहितको उपचार सेवा समेत उपलब्ध छ ।( इरानीमहल)