लमजुङ – बौद्ध धर्म मान्नेहरूलाई हिन्दु भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।
धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दु लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्याएको थियोस्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरूबिचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए ।
गणक थापाले भुलवश गल्ती भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।जनगणनासँगै आ आफूले मान्ने धर्म लेख्न सम्बन्धित संघसंस्थाले समुदायलाई अपिल समेत गरिरहेका छन्।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२