मनोज कार्की\ गुल्मी ०९ मंसिर\छड्के न्युज डटकम-नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जिल्ला सभापतिमा उम्मेद्धारी घोषणा गरेका छन् । बिहीबार नेपाली काँग्रेसको पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी जिल्लाको ८ औं अधिबेशनमा आफुले जिल्ला कार्यसमिति सभापतिमा उम्मेद्धारी घोषणा गरेका हुन् ।
२०४६ सालदेखी काँग्रेसको भातृ बिधार्थी संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ)बाट आफ्नो राजनिति सुरु गरेका पन्थीले पार्टीका बिभिन्न तह र तप्कामा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन् । गाउँको वडा तह देखी तत्कालिन वडा सभापति भई काम गरेका पन्थीले अर्खले गाउँसमितिको सचिब हुँदै दुई कार्यकाल नेपाल तरुण दल गुल्मीको सदस्य भई काम गरेका थिए ।
पन्थीले झण्डै ८ बर्ष नेपाल तरुण दल जिल्ला सभापति भई पूर्ण आफ्नो जिम्मेवारी निभाएका थिए । उनी झण्डै ६ बर्षदेखी नेपाली काँग्रेस जिल्ला हाल सम्म सचिब पदमा काम गर्दै आएका पन्थी गुल्मीका सहयोगी र लोकप्रिय नेताको रुपमा परिचित छन् ।
काँग्रेसलाई सवल र सक्षम बनाउँदै जिल्लाका एक जनताको भरोसा र दुःख सुखको साथी बनाउन आफुले संगठन बलियो पार्दै एक हातमा संगठन र अर्को हातमा बिकास लिएर अगाडी बढ्ने भएकाले आफ्नो जिल्ला कार्यसमिति सभापतिमा उम्मेद्धारी प्रस्तुत गरेको खिलध्वज पन्थीले बताए ।
जिल्लामा नवीन कामको थालनी गरी जिल्लामा काँग्रेस पार्टीलाई कर्ममुखी, बिकास समृद्धि संग संगै अग्रजको सम्मान र युवा पुस्तालाई साथमा लिएर सस्कार सहितको पार्टी निर्माण गर्न आफ्नो उम्मेद्धारी दिएका छन् । पन्थीले नेपाली काँग्रेस गुल्मी निर्वाचन क्षेत्र नं २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी ६ सय २३ मत लिएर निर्वाचित भएका थिए । नेपाली कांगेस गुल्मीको आठौं जिल्ला अधिवेशन १० र ११ मंसिरमा हुँदैछ ।