छड्के न्युज डटकम/गुल्मी ०९ मंसिर– प्रेस युनियन गुल्मीका सभापति तथा नेपाल पत्रकार महासघं गुल्मीका उपाध्यक्ष रेशम कुवँरले जिल्ला कार्यसमिति सह–सचिबमा उम्मेद्धारी दिएका छन् । २०४६ साल भाद्र महिनामा साधारण सदस्यता र मंसिरमा कृयाशिल सदस्याता लिई राजनितिमा प्रवेश गरेका कुवँर जिल्लामा सक्रिय तथा कुशल राजनिति कर्मीको रुपमा चिरपरिचित छन् ।
२०५३ साल देखी ०५९ साल सम्म रेसुङ्गा बहुमुखी क्याम्पसमा इकाई सदस्यमा रहेर काम गरेका थिए ।कुवँर पत्रकारको साझा संस्था प्रेस युनियन गुुल्मीको संस्थापक हुदैँ सह सचिबमा रहि जिम्मेवारी पूरा गरेका थिए । उनी २ कार्यकाल सचिव हुदैँ हाल सम्म प्रेस युनियनको जिल्ला सभापतिमा रही जिल्लामा क्रियाशिल छन् । १२ औँ अधिवेशनबाट गुल्मीको ३ नम्बर क्षेत्रीय कार्यसमिति सदस्य र सूचना तथा संचार विभागको संयोजक र १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस इस्मा –६ अम्मरपुर गाउँ कार्यसमितिको सभापति समेत बनेका थिए ।
नेपाली कांग्रेस गुल्मीलाई सबल, सक्षम र संगठित निर्माणका लागि आफनो उम्मेदवारी जिल्ला सह–सचिवमा रहेको कुँवरले बताए ।संगठनको सुदृढीकरण र सबलीकरण गर्न, संगठनको संस्थागत बिकास,नेपाली कांग्रेस आय ब्ययलाई ब्यवस्थित गर्न सहयोग गर्ने उदेश्यले आफुले उम्मेदवारी दिने निर्णय आफुले लिएको कुवँरको भनाई छ ।वाणिज्य र मानविकी विषयमा स्नातक गरेका कुँवर गुल्मी टाइम्स साप्ताहिकको सम्पादक,रेडियो रेसुङ्गाका सस्थापक सदस्य,राजधानी दैनिक पत्रीकाका जिल्ला सवाददाता,नेपाल पत्रकार महासघ गुल्मीका सस्थापक सदस्य र शुभेच्छुक सस्था नेपाल ट्रेड युनियन कांग्रेस गुल्मी र नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष समेत हुन ।
विभिन्न सामाजिक सघ सस्थामा रहि समाजसेवामा समेत कृयाशिल रहि दैवीप्रकोप पीडित उद्दार पदक–०६५,अन्तर्राष्ट्रिय रेयुकाइ जापान,नेपाल रेडक्रस सोसाइटी,नेपाल प्रेस युनियन लागायतका सरकारी तथा सामाजिक सघं सस्थाबाट पुरस्कृत समेत भएका छन् ।नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत यहि मंसिर १० गते अर्थात् भोली नेपाली काँग्रेस गुल्मीको ८ औं अधिबेशन हुदैँ छ । पार्टीमा सबैलाई एकरुपता बनाई गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने कुवँरले बताएका छन् ।