पौष ०८,काठमाडौ : रंगकर्मीहरु माझ चिप्ल्याउने अंकलका नामले परिचित प्रकाश सुवेदी फेरी विवादमा परेका छन् । उनी विरुद्ध उजुरी परेको छ । उनले संचालन गर्ने कार्यक्रम रजतपटमा विभिन्न कलाकारहरुका बारेमा रिपोर्ट बन्ने गर्छ । सोही क्रममा आफ्ना बारेमा अनर्गल प्रचार गरेको भन्दै नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले रंगकर्मी पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् ।
बर्षाले सुवेदीलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रेस काउन्सिलमा निवेदन दिएकी हुन् । कार्यक्रम रजटपटमा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै बर्षाले उनीमाथि उजुरी दिएकी हुन् । प्रकाश सुवेदी यस्तै कारणले बेला बेलामा समस्यामा पर्ने गरेका छन् ।
यस अघि नायीका पुजा शर्माको शारिरीक बनावटको बारेमा टिप्पणी गरेका कारण विवादमा तानिएका थिए । त्यसपछि फेरी पुजालाई कार्यक्रममा राजनीतिक प्रश्न गरेर ट्रोल बनाएपछि पुजा रिसाएकी थिइन् । रिसाएर उनले कार्यक्रममा बोलाउदा नआएपछि प्रकाशले उनको शारिरीक बनावटको बारेमा टिप्पणी गरेका थिए ।
केही समय उनको कार्यक्रम बन्द समेत भएको थियो । फेरी उनले विभिन्न कलाकर्मीहरुका बारेमा आफ्नो कार्यक्रममा रिपोर्ट बनाएका थिए । त्यसमा वर्षा शिवाकोटीको पनि नाम थियो । उनले आफ्नो ब्यक्तिगत कुराका बारेमा टिप्पणी गरेको भन्दै कारवाहीको माग गरेकी छन् ।