मनोज कार्की \पौष ०७ गुल्मी \छड्के न्युज डटकम :कोभिड १९ अर्थात् कारोना भाइरसको तेस्रो भेरियन्टको दैनिक संक्रमण बढ्न थालेपछि गुल्मीको सदरमुकाम तम्घासमा रहेका औषधी पसलमा औषधीको उपलब्धता,खोप र नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे ,नगरे बिषयमा अनुगमन गरिएको छ । शुक्रबार तम्घास बजारमा रहेका औषधी पसलहरुमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको नेत्रित्वमा सुरक्षा निकाय , उद्योग वाणिज्य संघ,नेपाल पत्रकार महासंघको संयुक्त टोलीले शुक्रबार अनुगमन गरेको छ ।
कोरोनाको संक्रमण दैनिक बढ्दै गएका बेला अत्याआवश्यक औषधीको अभाव नागरिकले झेल्न नपरोस्,पसलहरुले औषधी लुकाएर राख्ने गरेका कारण अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने “नागरिकलाई सुरक्षीत राख्न बजारमा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छन् वा छैनन् भनेर (तपाईको माक्स खै) अभियानलाई निरन्तरता दिएका हौँ ”।
तम्घासको हाटबजारबाट नागरिकलाई खोप दिन थालिएको छ । छत्रकोट ,रुरु, गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका बिधार्थीलाई खोप दिईएको छ । जसको अनुगमन समेत गरिएको छ । हाल सम्म २ हजार बिधार्थीले कारोनाको खोप लगाएका छन् । प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई,उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा भुसाल र रामप्रसाद पन्थी र पत्रकारको उपस्थितीमा अनुगमन गरिएको थियो ।
खोप तथा औषधी पसल अनुगमनका फोटोहरु