पौष ०७ गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा पिकअप जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् भने एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउस दुर्घटना भएको हो । दुर्घटनामा परि जिपमा सबार ६ जना घाइते भएका छन ।
घाइते मध्य चालक सहित ३ जनाको अवस्था गम्भिर छ ।सोही घटनामा गम्भिर घाईते भएका वर्ष ५५ का काले कामीको वामीटक्सारमा उपचारका क्रममा ज्यान गएको छ भने ३ जना गम्भिर घाइतेलाइ उपचारको लागि पाल्पा पठाइको र बाकी ३ जनाको वामीटक्सार स्वास्थ्य चौकीमा उपचार भइ रहेको बताईएको छ ।
वडा नं। ९ का वडा सदस्य समेत रहेका चालक शंकर परियार सहित ३ जना घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएको हो जिप सडकबाट करिव ५० मिटर तल खसेको र चिप्लो वाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।