माघ १९, काठमाडौं : सर्वसाधारणले निरन्तर दुई कम्पनीको आईपीओ भर्न पाउने भएका छन् । सर्वसाधारणले यस साता र आगामी साता दुई कम्पनीको आईपीओ भर्न पाउने भएका हुन् । यहि साताको शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्त र आगामी साताको बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ भर्न पाउनेछन् ।
माघ २१ गते शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तले आईपीओ बिक्री गर्ने भएको छ ।लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।आईपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ ।यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
लघुवित्तको आईपीओ धितोपत्र बोर्डको निर्देशिका अनुसार बाँडफाँड हुँदा ५२ हजार २०० जनाले मात्र १० कित्ताको दरले आईपीओ हात पार्नेछन् ।इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।