कृष्ण अन्जान / माघ १९ गुल्मी :गुल्मी जिल्लाको थोर्गा गाउँको नाम लिने बित्तिकै यहाँको खुदो र गुँड सम्झेर हरकोहिको मुख रसाउँछ ।यो गाउँबाट कोहि शहर झर्न थाल्यो भने दुईचार किलो गुँड र दुई तीन माना खुदो ल्याई दिन भन्नेहरु धेरै हुन्छन । हुनपनि थोर्गाको गुँड र खुदो असाध्यै स्वादिलो मात्र होईन स्वास्थकर पनि छ ।
थोर्गामा करिव दुई शताव्दि अगाडी उँखु खेति शुरु भए सँगै खुदो र गुँडको ईतिहास पनि शुरु भएको यो क्षेत्रका जानकार हरुको धारणा छ । पाल्पाको गोठादिबाट पुर्खाले ल्याएर रोपेको उँखुडि जातको उँखुनै थोर्गा भित्रिएको पहिलो उँखुको जात र उँखुखेतिको शुरुवात मानिन्छ ।
त्यसपछि बिस्तारै गावैँ भरि उँखु खेति गर्न थालियो , शुरुमा काठको कोल त्यसपछि फलामको कोल र पछिल्लो चरणमा अत्याधुनिक मशिनबाट उँखु पेल्ने खुदो पकाउने र गुँड पार्ने काम गरिन थालेको छ ।अघिल्लो चरणमा थोर्गामा उँखु खेति नहुने घरै थिएनन , महिनौँ दिन उँखु पेल्ने खुदो पकाउने र गुँड पार्ने काम हुने गरेको सम्झना गर्छन रुरुक्षेत्र ३ फल्लेखर्कका समाजसेवी कृष्ण राज ज्ञवाली ।
पछि गाउँबाट बसाई सराई भएपछि उँखु खेतिमा कमि आउँदै गर्दा प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना मार्फत सन्चालित उँखु ब्लक कार्यक्रमले फेरी थोर्गा गाउँमा व्यवसायीक रुपमा उँखु खुदो र गुँड उत्पादन शुरुमात्र भएन यतिबेला थोर्गेलि गुँड ब्रान्डेड बन्न पुगेको छ ।हामीले किसानलाई उँखु उत्पादनका लागि हरेक पक्षबाट सहयोग अनुदानको व्यवस्था सँगै व्यवसायीक बन्न सिकाउने प्रयास गरेका छौँ उँखु ब्लक सन्चालक समितिका सँयोजक हुतराज गौतमले भने ।
यो क्षेत्रमा माघदेखि बैशाख सम्म उँखु पेल्ने सिजन हो र गुँड त वर्षै भरि पारेर बेचिन्छ ।अघिल्लो समयमा थोर्गा गाउँमा गुल्मीको पुर्वि भेग पर्वत बाग्लुङ म्याग्दी बाट समेत टिन बोकेर खुदो खरिद गर्न आउने गरेको र बासै बसेर थोर्गेली खुदो खरिदेर लाने गरेको रुरुक्षेत्र ३ का कुलराज गौतमलाई सम्झना छ ।यतिबेला थोर्गा गाउँका चोलानाथ ज्ञवाली ईन्दुवर ज्ञवाली रामचन्द्र ज्ञवाली लेखनाथ ज्ञवाली दिल बहादुर क्षत्रि देवेन्द्र गौतम लगाएतका थोर्गेलि हरु व्यवसायीक रुपले गुँड उत्पादनमा जुटि रहेका छन । मुख्यतया थोर्गामा यतिबेला चार प्रकारका गुँड उत्पादन हुने गरेको पाईएको छ ,फसफसे चाम्रे मसालेदार र हाडे गुँड थोर्गाका चलन चल्तिका उत्पादित गुँड हरु हुन ।
थोर्गामा उत्पादित गुँड बजार क्षेत्रमा पनि पुग्ने गरेको र अत्यधिक माग बढेको तर तराईतिरको भेलि मिसाएर थोर्गा भन्दा बाहिरका गुँड व्यापारी हरुले थोर्गेली गुँड भन्दै बिक्री गर्दा हाम्रो उत्पादनलाई समेत अप्ठ्यारो परेको छ र सरकारले गुणस्तर जाँचको व्यवस्था गर्नु पर्ने भनाई थोर्गाका व्यवसायीक गुँड उत्पादक इन्दुवर ज्ञवालीको गुनासो छ ।
तानसेन मोटर बाटोको पानिटँकी बाट छिरेपछि थोर्गा गाउँको पोख्रेल टोला क्षेत्रका चोलानाथ ज्ञवालीको घरदेखी देउखुरी देवेन्द्र गौतम सम्मका घरहरुमा थोर्गेली गुँड र खुदो किन्न पाईन्छ ।यहाँ उत्पादित गुँड खुदो अर्गानिक भएकाले मधुमेहका रोगि हरुले पनि उपभोग गर्न सक्ने र थाईराईड खोकि लगाएतलाई गुँड र खुदो रामबाण रुपि औषधिको रुपमा प्रयोग हुने गरेको छ । आजभोली शहर तिर पलायन भएका छोरा बुहारी घरजम गरेका छोरी हरुलाई भेट्न जाँदा बा आमा दाजु भाई आफन्तले रोटा पकाएर लाने चलन हराएको छ र गुँडका पोका पाहुरको रुपमा लाने गरिएको छ ।