छड्के न्युज डटकम /माघ २८ गुल्मी : आजभोली गाउँघरमा बाँस तथा निगालोबाट निर्माण हुने सामाग्री डोको, नाङ्लो डाला,सुपा,मान्द्रा,थुन्से लगायतका सामाग्री कमै मात्र दखिन्छन् । दिनप्रतिदिन गाउँ सहरमा आधुनिक प्रबिधिको माध्यमबाट निर्माण गरिएका सामागी्र प्रयोगमा आउदाँ डोको बुन्ने चित्रे पेशा नै संकटमा पुग्न थालेको छ ।
गुल्मी मालिका गाउँपालिका ७ घमिर सिलादी सुकुम्बासी बस्तीमा बस्दै आएका कृष्ण बहादुर सुनार आफ्नो पुर्खाले गर्दै आएको डोको बुन्ने पेसालाई सिको गरी निरन्तरता दिदैँ आएका छन् । सुनार गाउँ गाउँ पुगेर बाँस तथा निगालो मागेर किनेर डोको,नाङ्गलो,सुपा,डाला आदि सामाग्री निर्माण गर्दै आएका छन् । उनले किनेर ल्याएको बासँ र न्यालोको चोयाँबाट डोको बुन्ने गर्दछन् । बाँस र न्यालोबाट निर्माण गरेका सामाग्री गाउँघरमा बेचबिखन गरेर छोराछोरीको पढाई र घर खर्च चलाउँदै आएका छन् कृष्ण बहादुर ।
गाउँ घरमा पाइने तामे बाँस ,गोपी बाँस,निगालो बाट डोको नाम्लो कार्को,चाल्नो स्याउँ लगायतका सजावटका सामान खाट, दराज आदि निर्माण गर्न सकिन्छ । बाँसको घासँ गाइबस्तुलाई खुवाउन प्रयोगमा आउँछ भने यसबाट माछा मार्ने ढडिया समेत निर्माण हुने गर्दछ । गाउँघरमा चोयाँबाट बुनिने डोकाको बिरामी बोक्न,घासँ,गाग्री,ढुङ्गा,गोबर बोक्न प्रयोगमा आउँछ । कृष्ण बहादुरको डाको बुन्ने पेशालाई उनी श्रीमति पनि सघाउँछिन् ।
कृष्ण बहादुरले जस्तै पुर्खाले गरेको पेशालाई मालिका ७ सिलादीकै पोम बहादुर सुनारले सिको गर्दै आएका छन् । उनको लागीँ बासँ दिन कटाउने र घर खर्च चलाउने दरिलो माध्यम हो । बाँसबाट निर्माण हुने सामाग्री लगेर गाउँमा अन्न बाली संग समेत साट्ने गर्दछन् । सुनार भन्छन् “गाउँ गाउँमा पुगी बाँस किनी घर ल्याएर डोको बुन्छु त्यही सामान बेचेर घर खर्च र दैनिकी चलाउँछु ।” सुनारले भने म सानै उमेरमा डोको बुन्ने सिप सिकेको थिएँ र आज त्यहि सिपले खाना पुगेको छ ।
सुनारले काटेको चोयाँ भए दैनिक २ देखी ३ बटा डोका निर्माण गर्न सक्छन् । उनीहरुले प्रति डोका २ सय ५० देखी ३ सय सम्म बिक्रि गर्ने गर्दछन् । उनीहरुले बुनेका सामाग्री घमिर,वाग्ला,मर्भुङ्ग,धुर्कोट,अर्जे लगायतका स्थानमा खपत हुने गर्दछ ।
हर्नुहोस् एपीवान टेलिजिनको लागी गुल्मी सहकर्मी मनोज कार्कीले तयार पारेको भिडियो रिपोर्ट..