फागुन २८,गुल्मी : गरे के हुदैन र आफ्नै बारीमा सुन फल्छ भन्ने अठोटका साथ बषौं देखी पुस्ताले गर्दै आएको अन्नबाली र खेरा खेतीलाई मासेर गुल्मीका कृषकले ग्रामिण भेगमा भुईकटहरको खती गरी मनग्य आम्दानी गर्दै आएका छन् । अर्वेनी राक्सेको एउटा गाउँ त्यहि गाउँको एकान्तमा भण्डारीको घर । घर वरिपरी लटरम्म भुइँकटहरको खेती । तपाइलाई अचम्म लाग्न सक्छ गाउँको कुनाकन्दरा बारीमा भुइँकटहर फलाएर मनग्य आम्दानी गर्न सकिन्छ भन्दा अचम्म मान्नु पर्दैन ।
यि गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका २ अर्वेनी राक्सेका ६३ वर्षिय चन्द्र प्रसाद भण्डारी । गाउँको पाखो बारीमा रोपेको अन्नबाली र केरा खेतीलाई बाँदर सखापको हैरानीबाट दिक्क बनेका भण्डारीले ग्रामिण क्षेत्रको १० रोपनी जग्गामा बिगत ४ बर्षदेखी भुइँकटहर खेती सुरु गरेका छन् । १ लाख ५० हजारमा ५ सय बिरुवा रोपेर भुइँकटहर खेती सुरु गरेका भण्डारीले बार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् ।
उनले चन्द्र कृषी फार्म दर्ता गरेका छन् । उत्पादन भएको भुइँकटहर मिर्मी,सेतिबेनी,पूर्तिघाट लगायतका स्थानिय बजारमा खपत हुदै आएको छ । भइँकटहरले बर्षमा २ पटक सम्म उत्पादन दिन्छ । बोटमै पाकेको भुइँकटहर प्रतिगोटा १ सय रुपैयाँ र प्रतिबिरुवा १० रुपैयाँमा बिक्रि गर्दै आएका छन् । यस बर्ष ३ सय बिरुवा स्थानियलाई बिक्रि गरेका छन् ।
पछिल्लो समय भण्डारीले भुइँकटहरको खेती वृद्धि गरी २ हजार माथि बिरुवा रोपेका छन् ।बिहान देखी बेलुका सम्म भण्डारी र उनकी श्रीमती जमुना भुइँकटहरको स्याहार सम्भारको लागी वगैँचाका हुन्छन् । भण्डारीको कर्ममा अघिपछी गरेर उनकी श्रीमतीले सघाउँदै आएकी छिन् । गाउँकै उर्भरभूमीमा महेनत र परिश्रम गरी दुईजना हातेमालो गर्दै अगाडी बढ्न पाउदाँ जमुना औधि खुसी छिन् ।
चन्द्र प्रसाद भण्डारी गाउँकै एक नमुना र मेहेनती कृषक हुन् । उनको कर्मबाट गाउँका युवाहरु उत्साहित छन् भने भण्डारीको खुलेरै प्रशंसा गर्दछन् ।
बिकट गाउँमा भुइँकटहर खेती गर्दै आएका कृषकलाई व्याबसायिक तथा संरक्षणमा स्थानिय तथा प्रदेश सरकारले प्रबद्र्धनमा जोड दिनुपर्ने स्थानिय बताउँछन् ।गाउँपालिकाले कृषी तथा पशुपालनमा उद्यमी बन्न चाहाने कृषकलाई प्रत्येक बर्ष अनुदानका कार्यक्रममा समेट्दै आएको छ ।कृषीमा भबिष्य खोज्दै होमिएका कृषकलाई आत्त्मनिर्भर तथा ब्याबसायिक बनाउनेमा गाउँपालिका सकारात्मक देखिन्छ ।भुइँकटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । अमिलो र गुलियो स्वाद भुइँकटहरमा प्रशस्त पोषक तत्व हुदाँ यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन लगायतका विभिन्न तत्वहरु पाइन्छ ।