सुनिल क्षेत्री नसालु /चैत ०६, गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका ६ हरेवा झापक स्थित झरना युवा क्लबले आयोजना अन्तर जिल्ला स्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरी १९ औं बार्षिक उत्सव मनाएको छ । “युवा शक्ति नै समाज र राष्ट्रको मेरुदण्ड हो ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै क्लवले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो बार्षिकत्सव मनाएको हो ।
स्वर्गिय भला सुवेदार त्रिलोक सिंह काउचाको स्मृतिमा (ओ.बी.आई.एस.बी.)भलिबल कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतयोगिताको आयोजना गरिएको झरना युवा क्लबले जनाएको छ । कार्यक्रम चैत १ देखी ५ दिन सम्म सन्चालन भएका थियो । जिल्लास्तरिय भलिवल प्रतियोगितामा भलिबल संघ गुल्मी, रुपन्देही, तनँहु, पाल्पा, बाग्लुङ र पर्वत सहित ६ जिल्लाबाट भलिबल संघको सहभागिता रहेको भलिवल प्रतियोगितामा जिल्ला भलिबल संघ रुपन्देहीले प्रथम उपाधी हात पार्न सफल भएको छ ।
पहिलो उपाधी हात पार्ने भलिबल संघ रुपन्देहीले नगद १ लाख ५ हजार रुपैँया ,कप, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै जिल्ला भलिबल संघ गुल्मी दोस्रो भएको छ । गुल्मीले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र पाएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बीनी प्रदेशका पूर्व समाजिक विकासमन्त्री सुदर्शन बराल प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार खेम सेन्चुरी, प्रसाद खप्तडी र निशा गुरुङ सहित थुप्रै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथि चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री,अथिति जनप्रतिनिधीहरु, जिल्ला समान्वय समिति सदस्य चेतन बस्नेत, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । झरना युवा क्लबका अध्यक्ष कुमार बहादुर सार्कीको सभापतित्व रहेको कार्यक्रमको संचालन रवी रानाले गरेका थिए । क्लवले कार्यक्रममा बिशेष आर्थिक सहयोग पुर्याउने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका सहयोग गर्ने सबै दातालाई सम्मान समेत गरेको छ ।