गोकर्ण पाण्डे/ चैत ०७, गुल्मी : आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेकाे चौंथो गुल्मी महाेत्सवकाे मिति नजिकिन थाले पछि महाेत्सव काे प्रचार प्रचार समेत तिब्र पारिन थालेको छ। महाेत्सव लाई थप प्रभावकारीे बनाउनकाे लागि स्थानीय तह तह सम्म पुगेर प्रचार प्रचार समितिले सबैलाई निम्तो दिन थालेको छ।
गुल्मी उधाेग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल रामप्रसाद पन्थीकाे नेतृत्वमा परिचालन गरिएको प्रसार प्रसार समितिले जिल्ला स्थानीय तह तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरु भेटघाट समेत गरेको छन्।
चार गाउँपालिका र एक नगरपालिकामा प्रचार प्रचार समितिले पाँच वटै क्षेत्रमा पुगेर नगर प्रमुख गाउँपालिका अध्यक्ष, उप -प्रमुख प्रशासकीय अधिकृत हरु सँग छलफल गरि महाेत्सव लाई कसरि प्रभावकारि बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कल सस्कृति कृषि व्यापार तथा उघाेग लगायतका सामाग्री र प्रस्तुति हरु लाई उल्लेख्य मात्रमा महाेत्सवमा कसरी सहभागी गराउने भने बिषयमा छलफल गरिएको छ। स्थानीय तहले गाउँ घरमा उत्पादन भएका वस्तु हरु महाेत्सवमा लाउने बिश्वास दिलाएका छन्।
गुल्मी उघाेग वाणिज्य संघले महाेत्सव आयाेजना गर्न लागेको चौंथो गुल्मी महाेत्सव आर्थिक,साँकृतिक एवम् पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै महाेत्सव लाई स्थानीय तहबाट सक्दाे सहयाेग गर्ने जनाएको प्रचार प्रसार समितिका संयाेजक तारा प्रसाद भुषालले बताउनु भयाे। महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।
महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष एबम् महोत्सव प्रचारप्रसार समिति संयोजक भुसालले बताए । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।