छड्के न्युज डटकम / चैत ०८ गुल्मी :गुल्मी रेसुङ्गा नगरपालिका २ को वडा कार्यालयले सामाजिक समाबेशि तथा लक्षित कार्यक्रम अन्तर्गत नागरिकलाई हिल टंकी , ब्लाङकेट र धागो बितरण गरेको छ । मङ्गलबार वडा कार्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री बितरण गरेको हो । ३ लाख रुपैयाँको लागतमा वडा नम्बर २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाङ्केट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदय बहादुर थापाले जानकारी दिए ।रेसुङ्गा नगरपालिका २ को वडा कार्यालय हरपल वडावासी सङ्ग रहेको हुँदा वडाले संचालन गरेका बिकाश निर्माणको काममा हातेमालो गरेर साथ दिन वडाबासीमा वडाअध्यक्ष थापाले आग्रह गरेका छन् ।
स्थानिय सरकार नागरिकको दैलोको सरकार भएकाले र सर्वदलीय बैठकको निर्णय गरि नागरिक बिच भावानात्मक सम्बन्ध राख्दै नागरिकको आबश्यकता हेरेर रेसुङ्गा नगरपालिकाले काम गर्दै आएको कार्यक्रमका बिशेष अथिती तथा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
बिशेष अथिती मरासिनीले भने पछिल्लो समय हाम्रो समाजमा अपाङ्ग, एकल महिला र जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण फेरिएको छ त्यसको परिवर्तन सङ्गै जनताको नजिक स्थानिय सरकार रहेको प्रत्याभूति गर्याउने उदेश्यले यस्ता कार्यक्रम नगरपालिकाका १४ वटा वडामै संचालन गरिएको बताए ।
निर्वाचनको समयमा आफुहरुले मतदातालाई दिएका आश्वासन पूरा गर्नेतर्फ रेसुङ्गा नगरपालिका र जनप्रतिनिधि लागि परेको कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिका उपमेयर सीता भण्डारीले बताइन् ।उपमेयर भण्डारीले भनिन् “हामी जनताका प्रतिनिधि हौं त्यसैले जनताको आबश्यकता र अपेक्षालाई साथमा राखेर सबैद काम गर्दै आएका छौँ ।” वडाबाट टंकी, बलाङ्केट र धागो पाएपछि लाभग्राही उत्साहित भएका छन् ।कार्यक्रममा रेसुङ्गा नगरपालिका उप मेयर सीता भण्डारी , प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी , वडा अध्यक्ष उदय बहादुर थापा, जनप्रतिनिधि , विभिन्न राजनितीक दलका प्रतिनिधि , पत्रकार को उपस्थित रहेको थियो ।