चैत ११ गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाले यस वर्षलाई युवा वर्षको रुपमा मनाउने भएको छ । बिहीबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना यस आर्थिक वर्षलाई युवा वर्षको रुपमा मनाउन लागेको छत्रकोट गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिमा निर्वाचित भई आएको दास्रो बर्ष देखी गाउँपालिकाले प्रत्येक बर्षलाई केहि न केही बिशेष अभियान वर्षको रुपमा मनाउँदै आएको छ । दोस्रो पानी वर्ष, तेस्रो सडक वर्ष, चौथो कृषि वर्ष र पाँचौ अर्थात् यस बर्षलाई छत्रकोट गाउँपालिकाले युवा वर्षको रुपमा मनाउन लागेको हो ।
गाउँपालिकामा २८ वटा ब्लकबाट युवाहरुको सहभागिता गराई युवाहरूलाई उद्यम विकासका लागि अभिमुखिकरण गरिएको छ । यस कार्यक्रममा २८ वटा ब्लकमा गाउँपालिका भित्रका झण्डै साढे चार सय युवाहरू आवद्ध रहेको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले बताए । दैनिक बढ्दो बैदेशिक रोजगार रोक्न र गाउँमा बेरोजगार भई बसेका युवालाई स्वरोजगार बनाई आम्दानीसँग जोड्ने लक्ष्यका साथ यसबर्षलाई युवा बर्षको रुपमा मनाउन थालिएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
गाउँपालिकाले खानेपानीमा १० करोड, सडकमा १० करोड भन्दामाथी र कृषिमा ३ करोड खर्चिएको छ । युवा वर्षका लागि यस वर्ष ४९ लाख बजेट बिनियोजन गरेको छ । नेपालमै पहिलो पटक कृषक पेन्सन कार्यक्रम सुरु गरेको गाउँपालिकामा हाल विधिमा छिरेर मेहेनत र परिश्रम गर्ने ७० जना कृषकहरुले पेन्सन पाइरहेका छन् । यस कार्यक्रमले चारैतिर चर्चा बटुली रहेको छ । आफूहरु स्थानीय तहमा जनप्रतिनिधि भई आएपछि थुप्रै बिकास निर्माणमा जोड दिएको गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताईन् ।
उपाध्यक्ष भण्डारीले भनिन् हामी जनताको सेवा गर्न जनप्रतिनिधि भई आएपछि कृषी,पशुपालन,खानेपानी,स्वास्थ्य,शिक्षा,सडक तथा नागरिकको आवश्यकतालाई बुझेर काम गर्दै आएका छौं ।महिलाहरुका अधिकांश समस्याहरु समाधान भएका छन् । स्थानीयस्तरमै पनि युवाहरुलाई स्वरोगजारका माध्यमबाट उद्यमशिल बनाउने उदेश्यले यस बर्षलाई युवा बर्षको रुपमा ल्याईएको उपाध्यक्ष भण्डारीले बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, घरेलु तथा साना उद्योग गुल्मीका कार्यालय प्रमुख लक्ष्मण घिमिरे,कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी,जनप्रतिनिधि,कर्मचारी,पत्रकार,आम नागरिक लगायतको उपस्थिती रहेको थियो ।