गुल्मी ,२९ चैत : निर्वाचनको समयमा मतदातालाई थुप्रै सपना बाँडेर जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये एक घर एक धारा कार्यक्रमलाई प्रमुख चुनावी एजेण्डाका रुपमा राखेपनी जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आलोचना बढिरहेको बेला गुल्मीको मदाने गाउँपालिका ४ म्यालपोखरी वडभित्र घरघरमा खानेपानीका धारा निर्माण गरिदिएपछि नागरिकको खानेपानीको समस्या टरेको छ । पिउनेपानीको खोजीमा बिहान बेलुका स्थानिय कुवा तथा खोलामा जाने वाध्यता हटेको छ ।
एक घर एक धारा अवधारणा कार्यक्रम अन्तरर्गत संघ,प्रदेश र स्थानिय सरकारको ४ करोड लगानीमा लिफ्टिङ्ग प्रविधिबाट म्यालपोखरी वडाका ३ सय २५ घरधुरीमा खानेपानीका धारा निर्माण गरिएको छ । धारा निर्माण भएलगत्तै पिउनेपानीबाट स्थानिय लाभाम्वित भएका छन् ।बिहान बेलुका घण्टौंको यात्रा गरेर खानेपानीको समस्या झेल्दै आएका स्थानिय घर घरका धारामा पानी आएको देख्दाँ दङ्ग छन् । विहान बेलुका घर आँगनकै धारामा पानी खस्दा औधि खुसी रहेको स्थानिय डिम्पल सेन बताउँछिन् ।
अहिले पुस्तौदेखी कुवा र पँधेरोमा धाउने समस्या टरेको छ भने अर्कोतिर समयको बचत भएको छ । गाइबस्तु र मानिसलाई पिउनेपानीको चरम अभाब खेपिरहेका स्थानियलाई खानेपानीको नागरिकको घरदैलोको सरकारले घरमै धारा निर्माण गरेरपानी ल्याएपछि आफुहरुका केही समस्या हटेको स्थानिय झमा कुमारी ओलीको भनाई छ ।
वडाभित्र ५ सय ३० घरधुरी रहेका छन् । वृहत् तल्लो लुप्सी खानेपानी आयोजना मार्फत खानेपानी आयोजना र साना योजना मार्फत वडाभित्रका ३ सय २५ घरधुरीमा धारा निर्माण गरिएको छ । वाकीँ घरदुरीलाई चालु आर्थिक बर्ष धारा निर्माण गरिने मदाने गाउँपालिका ४ म्यालपोखरी वडाअध्यक्ष भिम प्रसाद भट्टराईले बताए छ । वडाअध्यक्ष भट्टराईले भने समुन्द्रि सतह तिजुकारुख देखी ९सय मिटर उचाईमा लिफ्टिङ्गको खानी पुप्याईएको छ र यसबाट म्यालपोखरीबासीलाई खानेपानीको कुनै समस्या हुने छैन् । खानेपानी संगै वडाले थुप्रै विकासका पूर्वधारलाई जोड दिइएको छ । बषौंदेखी पिउने पानीको समस्या झेल्दै आएका स्थानियलाई धारा निर्माण गरिदिएर केहि राहत भएको वडाबासीले महसुस गरेका छन् ।