वैशाख २७, गुल्मी : निर्वाचनका लागि स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी निजामती र कर्मचारीलाई समेत खटाइएको छ गुल्मीमा खटाइएका कुल एक हजार ३ सय ८७ कर्मचारीमध्ये स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी र निजामती कर्मचारी परेका छन् ।
स्वास्थ्य कर्मीदेखि निजामती कर्मचारीसमेत निर्वाचनमा कर्मचारीको रूपमा खटाइए पनि आफूसँग एकमुष्ट मात्र तथ्यांक भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विवरणमा कर्मचारीको रूपमा स्वास्थ्यकर्मीदेखि प्रहरीसम्म छन् । गुल्मीमा रहेका २ सय ७९ मतदान केन्द्रमा २ सय ७९ मतदान अधिकृत, २ सय ७९ नै सहायक मतदान अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।
मतदानस्थलका लागि ५ सय ५० जना सहायक कर्मचारी र २ सय ७९ कार्यालय सहयोगी गरी१ हजार ३ सय ८७ जना कर्मचारी खटाइएको छ । स्थानीय तहको निर्वाचनमा यस जिल्लाबाट २ लाख २४ हजार २ सय ७६ मतदाता सहभागी हुनेछन् । ५ सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ५ जना र ५ सयभन्दा कम भयरहित मतदाता भएको मतदान केन्द्रमा ४ छ जना कर्मचारी खटाइएको मतदाताको संख्याको आधारमा मतदान अधिकृतले बढीमा तीनजना स्वयंसेवक नियुक्त गर्न पाउने पाण्डेले बताए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शान्ति सुरक्षालाई चुस्त राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । निर्वाचनलाई वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा एक हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको र जिल्लाभर २ हजार ५०० सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।