अनिल खत्री/ जेठ ११ गुल्मी – गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्र न्युनतम २० युनिट सम्मको विधुत खपतको शुल्क पालिकाले बेर्होने भएको छ । पालिका भित्र अधिकाश घरधुरि गरिबीको रेखामुनि रहेको कारण उनिहरुलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष , उपाध्यक्ष ,०७ वटै वडाका वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिको उपस्थीतिमा बुधवार बसेको पहिलो कार्यपलिका बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै पहिलो बैठकबाट पालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवति महिलालाई अन्यत्र अस्पताल लैजान परेमा सम्पुर्ण यातायात खर्च पनि पालिकाले बेर्होने भएको छ ।
सुविधा सम्पन्न बर्थिङ सेन्टर अभावको कारण यस्तो निर्णय गरिएको हो ।बैठकमा पालिका भित्रका अन्य समस्याहरु पहिचान गरि समाधान तर्फ कसरी लाग्ने र जनताको चाहाना अनुरुप काम गर्ने भन्ने बारेमा महत्वपुर्ण निर्णय पनि गरिएको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङका वडा अध्यक्ष शुसिल चन्दले बताए ।