जेठ १७, पोखरा – पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । विहान ७ : ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
बुद्ध एयरको पोखराबाट काठमाडौं उडान भर्ने पहिलो विमानमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध छ । अहिले त्यसलाई क्रेन मगाएर हटाउने काम हुँदैछ ।
विमानस्थल केही समयमा सञ्चालनमा आउनेछ । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नपाएको उनले बताए ।