गुल्मी- नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी निर्वाचनमा आफू गुल्मी-२ बाट नै निर्वाचन लड्ने बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएपछि तुलनात्मक रूपमा पार्टीमा लोकप्रिय मानिएका विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन्।
तर विष्टले भने आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् । म गुल्मी–२ बाट नै चुनाव लड्छु, अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै बुझ्नपर्छु, विष्टले भने।
केही नेताहरूले उनलाई काठमाडौं–६ बाट माग भएको दाबी गरेका थिए । गुल्मीको विकल्पमा विष्टलाई काठमाडौं–६ देखाइए पनि उनले भने गुल्मी नछाड्ने प्रष्ट पारेका हुन् । काठमाडौं–६मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए।
यसअघि लगातार चारवटा निर्वाचनमा गु