भाद्र ०८, गुल्मी-गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले इमान्दारिता र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाटोमा भेटाएको एक लाख रुपैयाँ र नागरिकताको प्रमाणपत्र सो सामानको मालिकलाई बुझाएका छन्।
मुसिकोट न.पा. वडा नं. ३ का अर्थुंगे साईला भनेर चिनिने खिमलाल कुमालको वामी टक्सार आउने क्रममा हराएको नागरिकता र नगद १ लाख रुपैयाँ समेत मुसिकोट नगरपालिका-७ निवासी सुशान्त शाक्यले फेला पारी निज खिमलाल कुमाललाई हस्तान्तरण गरेका हुन्।
हराएको पैसा र नागरिकताको प्रमाणपत्र फिर्ता गरेकोमा कुमालले शाक्यलाई धन्यवाद व्यक्त गरे।
शाक्यको यस किसिमको उदारता र इमान्दारिताको सबैले प्रशंसा गरेका छन्। यो खबर आइएनएन वामीटक्सारको सहयोगमा तयार पारिएको हो।