भदौ २१,नवलपुर – नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे खुई वर्ष थुनामा राख्न आदेश दिएको छ ।
यस्तै बाल यौन दुरूपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति दिने र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै