भदौ ३०,गुल्मी – नेपाल नगरपालिका सघं लुम्बिनी प्रदेश अध्यक्षमा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी निर्वाचित भएका छन् । बिहिवार भैरहवामा लुम्बिनी प्रदेशका नगर प्रमुखको सम्पन्न भेलाले प्रदेश अध्यक्षमा गुल्मी रेसुङ्गाका मेयर पन्थीलाई चयन गरेको हो ।
लुम्बिनी प्रदेशका सबै जनप्रतिनिधिको प्रतिनिधित्व हुने गरि निर्वाचित अध्यक्ष पन्थीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जनताले हामीलाई बिकाशको लागि जुन बिश्वास र मत दिएर जिताएका छन् त्यसरी नै मतदाताको मन जित्ने गरि काम गर्न आबश्यक रहेको निर्वाचित अध्यक्ष खिलध्वज पन्थीले बताए । अध्यक्ष पन्थी भने एक्लै केही काम नहुने सबै सङ्गको सल्लाह र सहकार्यले मात्र हाम्रो कार्यसमिति अगाडी बढ्छ । तपाईहरुले बिश्वास गरेर दिएको जिम्मेवारीमा कतै आच नआउने बाताबरण सिर्जना गर्दै काम गर्नेछौं उनले थपे ।
१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका र ३२ वटा नगरपालिका रहेका छन् । सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ ।