कात्तिक २८ गुल्मी– आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुल्मी कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा रहेका ८० जनामध्ये ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।
उनीहरुलाई मतदानका निम्ती कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र थपिएको पनि थपिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । गुल्मीमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेका छन् । २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । १ अस्थायी मतदान केन्द्र र २७८ वटा मतदान केन्द्र गरी जिल्लामा कुल २७९ वटा मतदान केन्द्र छन् ।