मंसिर १०, गुल्मी – गुल्मीको मालिका गाउँपालिका- ०७ घमिर अबस्थित देविस्थान माध्यमिक बिद्यालयका ३० जना विद्यार्थीलाई नि:शुल्क झोला बितरण गरिएको छ ।
शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि गरिब, दलित तथा विपन्न विद्यार्थीलाई नि:शुल्क झोला बितरण गरिएको हो। पुर्व विद्यार्थी तथा संचारकर्मी सुमन पन्थीको पहल र रोजगारीको सिलसिलामा अमेरिका बस्दै आउनु भएकी सलिना राईको आर्थिक सहयोगमा ३० वटा झोला हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेर गरिब र दिनदुखीको सहारा बन्दै विद्यार्थीलाई पठाएको झोलाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको प्रधानाध्यापक खिम बहादुर बुढाले बताए । प्रधानध्यापक बुढाले झोला प्रदान गर्ने सलिना राई र पहल गर्ने सुमन पन्थीलाई धन्यवाद व्यक्त गरेका थिए ।
झोला बितरण गरेर विद्यार्थीमा उत्साह जोस, जाँगरले शैक्षिक क्षेत्रमा बालबालिकाले राम्रो उपलब्धीहरु हासिल गर्न सक्ने पुर्व विद्यार्थी तथा संचारकर्मी सुमन पन्थीले बताए ।