नवीन कार्की /मंसिर २०, गुल्मी – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मीले मृत्यु दाबी भुक्तानी गरेकाे छ । डेङ्गिको कारण गत भदौमा ज्यान गुमाएकी गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीकाे मृत्युुदाबी रकम भुक्तान गरेको हाे। पन्थीले छोरी सुप्रियाकाे ०७८ चैत्र महिनामा एक लाख बीमाङ्ककाे बाल उज्जवल जीवन बीमा गराइदिएकी थिइन् । मंगलबार मृतक पन्थीको घरमा पुगेर आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एरिया प्रमुख खुमलाल अर्याल , एजेन्सी म्यानेजर विस्णु कुमारी खत्रीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेका थिए ।
पछिल्लो समय बिमाको महत्त्व दिनानुदिन बढ्दै गएकाे र यसले अप्ठ्यारो परिस्थितिमा समेत सहयोग पुग्ने हुँदा जीवन बिमा निकै महत्त्वपूर्ण रहेकोआइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एरिया प्रमुख खुमलाल अर्यालले बताए । मृतक पन्थीकि छोरी सुप्रीया पन्थीले पढाइ खर्च स्वरुप एक हजारका दरले रकम प्राप्त हुने र बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग एक लाख र बाेनस रकम समेत प्राप्त गर्ने एरिया प्रमुख अर्यालले जानकारी दिए ।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख मदन श्रेष्ठ , वडा सचीव माया टण्डन, कर्मचारी नवीन पाण्डे , शिक्षक , बुद्विजिवी , समाजसेबी लगायतको उपस्तिथि रहेको थियो ।