गुल्मी – नेपाल पन्छीं संरक्षण सघं जिविकोपार्जन तथा संरक्षण संमायोजन कार्यक्रम गुल्मीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । मङ्गलबार जिल्लाको सदरमुकाम तम्घास स्थित निलगिरी पार्टी प्यालेसमा “जलवायु परिवर्तनमा हाम्रो दायित्व” शिर्षकमा वक्तृत्वकला सम्पन्न भएको हो ।
प्रतियोगितामा निजी तथा सामुदायिक गरी ६ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमा वक्तृत्वकला प्रतियोगितामा अर्जुन आवसिय माध्यमिक विद्यालयकी छात्रा अनमोल क्षेत्री प्रथम भएकी थिईन् भने गण्डकी इङ्गिस बोर्डिङ स्कुलकी छात्रा अनामिक परियार द्धितिय भएकी थिईन् । त्यस्तै अर्जुन आवसिय माध्यमिक विद्यालयकी छात्र अनोज पन्थी तृतीय र महेन्द्र माध्यमिक विद्यालयका छात्र कल्याण मरासिनी शानत्वना भएका थिए ।
विजेतालाई मेडल,प्रमाणपत्र र नगद वितरण गरिएको थियो ।जलमुखी विस्फोट, हरित गृहग्यास, पानीको बाफ समेत जलवायुमा समस्या निम्ताएको यसको निवाकरणको निम्ती मानव र संम्बन्धित निकायले बिशेष पहल र सोच्ने समय आएको प्रतियोगीतामा सहभागीले प्रस्तुत गरेका थिए ।
जलवायु परिर्वतनले पछिल्लो समय वातावरणमा नकारात्मक असर पारिरहेको र मानवजातीले दैनिक विभिन्न समस्या बेहोर्नु परेको नेपाल पन्छीं संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए । प्रतियोगीता कार्यक्रममा बोल्दै परियोजना अधिकृत पन्थीले वन बिनास, पशुपालन, गाडी र कलकारखानाले जलवायु परिवर्तन जलवायु परिवर्तनले स्वास्थ्य, कृषि, जङ्गल, पानी, समुन्द्री सतह, पशुपन्छीमा क्षेत्रगत असर पारिरहेको उनले वताएका थिए ।
“जलवायु परिवर्तनमा हाम्रो दायित्व” विषयक वक्तृत्वकलाले विद्यार्थीको क्षमताको विकास हुनुका साथै यसका समस्या र समधानका निम्ती जनचेतना फैलाउन यसले ठुलो टेवा पुग्ने डिभिजन वन कार्यालय निमित्त कार्यालय प्रमुख मुना शमाले बताईन् । जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने साहयक वन अधिकृत गोकुल सुनारले बताए । प्रतियोगिता कार्यक्रममा डिभिजन वन कार्यालयका वन रक्षक घनश्याम आचार्य , सहभागी विद्यालयका शिक्षक प्रतिनिधि ,पत्रकारको उपस्थिती रहेको कार्यक्रमको संचालन थानेश्वर खनालले गरेका थिए ।