काठमाडौँ । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए ।
सपथपछि नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’