गुल्मी – आशा अपाङ्ग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला अस्टे्रलिया समाजले वासिङ्ग मेशिन र भ्याकुम क्लिनर सहयोग गरेको छ । विहीबार आशा अपाङ्ग केन्द्र गुल्मीको कार्यालयमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्ला अस्टे्रलिया समाजका पूर्वसचिब प्रेम सापकोटाले आशा अपाङ्ग केन्द्रको अनुगमन गर्दा संस्थाको समस्याको रुपमा रहेको सरसफाईलाई मध्यनजर गर्दै उहाँले त्यसको व्यवस्थापनका निम्ती आवश्यक सरसफाई सामग्री सहयोग गर्नुभएको हो । आशा अपाङ्ग केन्द्रलाई नेपाली १ लाख २ हजार बराबरको सहयोग गरेको छ ।
सरसफाई सामग्री हस्तान्तरण गर्दै समाजसेवी महेन्द्र भण्डारीले आशा अपाङ्ग केन्द्रलाई आवश्यक सहयोग गरेको प्रति गुल्मी अस्टे्रलिया समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
आगमी दिनमा भौतिक सामग्री पूर्ण हुन सके गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने हुँदा देश बिदेशबाट आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो । साथै आशा अपाङ्ग केन्द्र गुल्मीले गरेका कामको बारेमा प्रंशसा गर्नुभएको थियो ।आशा अपाङ्ग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीले संस्थालाई आवश्यक सरसफाई सामग्री सहयोग गरेकोमा गुल्मी जिल्ला अस्टे्रलिया समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यस सामग्रीले अपाङ्गता भएका नागरिकहरुलाई सरसफाई गर्न निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आशा अपाङ्ग केन्द्र गुल्मीले अहिले सम्म करिब पन्ध्र हजार अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको स्थापना भएपछि गुल्मी, अर्धाखाँची, बाग्लुङ्ग, पर्वत, काठमाडौँ सम्मका नागरिकले लाभ लिएका छन् ।