गुल्मी- गुल्मीमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कुल १० जनामा गरिएको परिक्षण मध्य ६ जना पुरुष र ४ जना महिला गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको रेसुङ्गा नगरपालिकामा ३ जना,सत्यवती गाउँपालिकामा २ जना,इस्मा गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिका १(१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकै मुसिकोट नगरपालिका,मदाने गाउँपालिकामा १(१ जना गरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६ सय ४८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या शुन्य रहेको छ । यो संगै गुल्मीमा अहिले सम्म कुल ४ हजार ५ सय २७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९४ पुगेको छ।