बुटवल – दुईवटा मोटरसाईकल र बस एकआपसमा ठक्कर खांदा बुटवलमा एकजनाको ज्यान गएको छ ।बुटवल उपमहानगरपालिका (१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो ।
अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो ।दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालकतिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सरक्षा तथा ट्राफिकब्यवस्थापन कायागलय बटुवल, रुपन्देहीका सुचना अधिकारी प्र।ना।उ। होम बहादुर थापाले बताए ।
यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोहीमोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् घाइते दुबै जनाकोलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।