गुल्मी – गुल्मीमा पहिचान नखुलेको मानिसको शव फेला परेको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिर स्थितपानियाटे खोलामा नाम थर वतन लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीनिरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताएका छन् ।
शवको शरिर सडेर गलेर दुर्गन्धित भई मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । शवको घटनास्थल लाशजाँच मुचुल्का लगायतकोप्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पहिचाहनको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
शवलाई कोही कसैले पहिचान गर्ने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेतगरेको छ ।